काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शनका तयारी गरेका छन् ।
गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।
माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सो¥हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ ।
विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् । अपरान्ह् १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ ।
काठमाडौंमा हुने दुइटै पक्षका प्रदशनले बिहानैदेखि सुनसान बनेको छ । साथै सुरक्षा व्यवस्थामा समेत सुरक्षा निकायहरू सतर्क बन्दै चुस्त बनाएका छन् ।
