हितेन्द्रको पहिलो गासमै ढुङ्गा, पदभार लगत्तै गरेको निर्णय कार्यान्वयन नगर्न कर्मचारीको चेतावनी

<p>&nbsp; काठमाडौं । ठूलो रस्साकस्सीका बीच नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेको हितेन्द्रदेव शाक्यलाई सुरुवातमै धक्का लागेको छ । उनले चैत १२ गते प्राधिकरण पुगेर पदभार ग्रहण गरे लगत्तै सञ्चालक समितिको बैठक बसेर गरेका निर्णय कार्यान्वयन नगर्न प्राधिकरणको कर्मचारी संगठनले आग्रह गरेको छ । शाक्यले पहिलो बैठकमै पीपीए खुल्ला गर्ने, डिमान्ड शुल्कमा छुट दिने निर्णय [&hellip;]</p>

 

काठमाडौं । ठूलो रस्साकस्सीका बीच नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेको हितेन्द्रदेव शाक्यलाई सुरुवातमै धक्का लागेको छ । उनले चैत १२ गते प्राधिकरण पुगेर पदभार ग्रहण गरे लगत्तै सञ्चालक समितिको बैठक बसेर गरेका निर्णय कार्यान्वयन नगर्न प्राधिकरणको कर्मचारी संगठनले आग्रह गरेको छ ।

शाक्यले पहिलो बैठकमै पीपीए खुल्ला गर्ने, डिमान्ड शुल्कमा छुट दिने निर्णय गरेका थिए । प्राधिकरणका कर्मचारी संगठनले ती निर्णयको विरोध गर्दै कार्यान्वयन नगर्न आग्रहसँगै चेतावनी पनि दिएका छन् ।

कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै ती दुई निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका हुन् । सरकारले कोटा निर्धारण गरी लेऊ वा तिर ‘टेक अर पे’ प्रावधानमा न्यूनीकरणको नीति बनाएर जानुपर्नेमा वित्तीय जोखिमको ख्यालै नगरी पीपीए खोलेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
प्राधिकरणले श्वेतपत्र पनि जारी गर्ने निर्णय गरेको छ ।

Share News