
काठमाडौं । भारतले थप ६ सय मेगावाट विद्युत दिने भएको छ । ऊर्जा मन्त्रालयका अनुसार इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिने स्वीकृत दिएको हो ।
नेपालमा ६ सय मेगावाट विद्युत ढल्केवर-मुजफ्फरपुर प्रशारण लाइनबाट नेपाल आउने भएको’ मन्त्रालयको सचिवालयले जनाएको छ ।
भारतसँग थप विद्युत सहयोग माग गरेअनुसार भारतले उर्जा उपलब्ध गराएको भएकाे हाे ।
यसअघि भारतले इण्डियन इनर्जी एक्सचेञ्जबाट एक हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो ।
ऊर्जा मन्त्रालयले देशमा लोडसेडिङ हुने हल्लामात्र भएको पनि जनाएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘नेपाल-भारत इनर्जी समिट’मा सहभागी भारतका ठूला व्यावसायीक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि तयार भएकाे जनाएका छन् ।
जसमा भारतीय ठूला कम्पनी व्यापारिक घरानाले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठूला समस्या समाधानमा सरकारको साथ खोजिरहेका छन् ।
नेपालमा नीतिगत सुरक्षामार्फत भारतीय लगानीको सुरक्षा हुनुपर्ने, प्रतिफलको ग्यारेन्टी हुनुपर्ने, सहज रूपमा लगानी फिर्ता लिनपाउनुपर्ने लगायत जलविद्युत आयोजनाले सामना गर्नुपरेका तीन-चारवटा समस्या समाधानका लागि सरकारले सहजीकरण गरिदिएमा आफूहरु नेपालमा लगानी गर्न उत्साहित रहेको बताएका हुन् ।
‘प्रतिफलको ग्यारेन्टी’ भएमात्र ‘भारत’ नेपालको जलविद्युतमा ‘लगानी’ गर्न तयार