‘टीम म्यानेज’मा लागे हितेन्द्र, चन्दनकुमारलाई हटाएर शिल्पकारलाई दिए प्रवक्ताको जिम्मेवारी

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य प्राधिकरणमा टिम म्यानेजमा लागेका छन् । उनले आफू निकटलाई जिम्मेवारी दिने र हाल जिम्मेवारीमा रहेकालाई अन्तै सरुवा गरेर टिम व्यवस्थापनमा लागेका हुन् । शाक्यले विगतमा कुलमानले पत्याएका प्रवक्ता चन्दनकुमार घोषलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर नयाँ प्रवक्ता चयन गरेका छन् । उनले कार्यकारी निर्देशकको सचिवालय प्रमुखको रुपमा [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य प्राधिकरणमा टिम म्यानेजमा लागेका छन् । उनले आफू निकटलाई जिम्मेवारी दिने र हाल जिम्मेवारीमा रहेकालाई अन्तै सरुवा गरेर टिम व्यवस्थापनमा लागेका हुन् ।

शाक्यले विगतमा कुलमानले पत्याएका प्रवक्ता चन्दनकुमार घोषलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर नयाँ प्रवक्ता चयन गरेका छन् ।

उनले कार्यकारी निर्देशकको सचिवालय प्रमुखको रुपमा कार्यरत राजाभाइ शिल्पकारलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । शिल्पकारलाई कार्यकारी निर्देशकको सचिवालय प्रमुखका रुपमा कार्यरत छन् । उनी सिभिल इन्जिनियर हुन् ।

Share News