कुलमान घिसिङको पदमुक्तिको विषयमा संसद अवरोध गर्नु गलत : महामन्त्री शर्मा

<p>काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने विषयमा संसद अवरोध गर्नु गलत भएको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले प्रतिपक्षी दलको मागलाई आलोचना गर्दै यसले भविष्यमा गलत सन्देश दिने दाबी गरे । उनले भने, &#8216;अदालतमा विचाराधीन विषयमा संसद अवरोध गर्नु [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने विषयमा संसद अवरोध गर्नु गलत भएको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले प्रतिपक्षी दलको मागलाई आलोचना गर्दै यसले भविष्यमा गलत सन्देश दिने दाबी गरे ।

उनले भने, ‘अदालतमा विचाराधीन विषयमा संसद अवरोध गर्नु र प्रधानमन्त्रीसँग जवाफ माग्नु गलत हो । यसले संसदको कार्य सञ्चालनमा प्रभाव पार्न सक्छ, विशेष गरेर महत्त्वपूर्ण अध्यादेशहरूको पारितिमा असर गर्न सक्छ ।’

शर्माले कुलमान घिसिङलाई पदमुक्त गर्नुको कारणका रूपमा सरकारले समयसीमा नपुगेको, केही महिना मात्र बाँकी रहेको र आगामी महत्त्वपूर्ण योजनाहरूमा अवरोध सिर्जना हुने खतरा रहेको उल्लेख गरे ।

उनले सरकारसँग सल्लाह दिँदा घिसिङको पदबाट नहटाउने सन्देश दिएको तर त्यो कार्यान्वयन नगरेको जानकारी दिए ।

Share News