प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

<p>काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि बिहीबार दिउँसो २ बजे बस्नेगरी समय निर्धारण गरिएको छ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आज दिउँसो २ बजे बस्नेगरी निर्धारण गरेका हुन् । ’प्रतिनिधिसभाको बैठक विशेष [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि बिहीबार दिउँसो २ बजे बस्नेगरी समय निर्धारण गरिएको छ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आज दिउँसो २ बजे बस्नेगरी निर्धारण गरेका हुन् ।

’प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक आजै दिउँसो २ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा सांसहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ पाण्डेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

आज पनि राष्ट्रियसभाको बैठकमा अवरोध भएको छ । विपक्षी दलको विरोधका कारण आज पनि कार्यसूचीमा प्रवेश गर्न सकेन । बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उभिएर विरोध जना‍ए ।

राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

Share News