पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउन सरकार दत्तचित्त भएर लागेको छ : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंग्याउन सरकार गम्भीर रूपमा लागेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले मौलिक रूपमा शान्ति प्रक्रिया सुरु गरेको र आफैंले टुंग्याउने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरू काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंग्याउन सरकार गम्भीर रूपमा लागेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले मौलिक रूपमा शान्ति प्रक्रिया सुरु गरेको र आफैंले टुंग्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरू काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुंग्याइने बताए । उनले शान्ति प्रक्रियालाई सफल पार्न मात्रै चाहेको उल्लेख गर्दै यसको श्रेय आफूलाई आवश्यक नरहेको स्पष्ट पारे ।

‘हामीले आफैं शान्ति प्रक्रिया सुरु गरेका हौं र हामी आफैंले टुंग्याउनुपर्छ । म यसको श्रेय खोज्दिनँ, केवल सफल बनाउन चाहन्छु । पीडितका घाउमा मल्हम लगाउनुपर्छ र नेपाली जनतालाई आश्वस्त पार्नुपर्छ कि अब हिंसा हुने छैन,’ प्रधानमन्त्री ओलीले भने ।

उनले राजनीतिक दलहरूले सहमति गर्न सकेमा शान्ति प्रक्रिया टुंग्याउन धेरै समय नलाग्ने धारणा राखे ।

आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस्

प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गरे । जनतालाई सन्तुष्ट बनाएर अघि बढ्ने बाटो राजनीतिक दलहरूले लिनुपर्ने बताए । उनले अशान्ति भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।

‘आज नेपालमा अधिनायकवादी होइन, लोकतान्त्रिक सरकार छ । म जनताको सुझाव सुन्न तयार छु । तर, आलोचना समाजलाई बिथोल्ने गरी हुनुहुँदैन । सबैले रचनात्मक भूमिका निर्वाह गरे मात्र देश विकास सम्भव छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि सिफारिस समिति गठन भइसकेको जानकारी दिए । उनले आयोगले आगामी दुई महिनाभित्र काम सुरु गर्ने बताए ।

उनले विगतमा नेपालले ठूलो हिंसा भोगेको उल्लेख गर्दै माओवादी द्वन्द्वलाई राष्ट्रिय गल्तीको संज्ञा दिए। ‘हिंसात्मक विगतलाई बिर्सेर शान्तिपूर्ण भविष्यतर्फ जान आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने ।

Share News