सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १३ सयले रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ बढेर २ हजार २० [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १३ सयले रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ बढेर २ हजार २० रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ रहेको थियो ।

सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव रहेको व्यवसायीहरूको भनाइ छ ।

Share News