कुलमानले ‘फेक प्रोफिट’ देखाएको भन्दै श्वेतपत्र जारी गर्ने प्राधिकरणको निर्णय, पीपीए पनि खुल्ला

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र शाक्य पदभार ग्रहण गरेकै दिन सञ्चालक समितिको बैठक बसेर मुख्य दुइटा निर्णय गरेको बुझिएको छ । प्राधिकरण स्रोतका अनुसार अबको एक महिनाभित्र प्राधिकरणले श्वेतपत्र जारी गर्ने निर्णय भएको छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले फेक वित्तीय विवरण [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र शाक्य पदभार ग्रहण गरेकै दिन सञ्चालक समितिको बैठक बसेर मुख्य दुइटा निर्णय गरेको बुझिएको छ ।

प्राधिकरण स्रोतका अनुसार अबको एक महिनाभित्र प्राधिकरणले श्वेतपत्र जारी गर्ने निर्णय भएको छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले फेक वित्तीय विवरण तयार पार्न लगाएर देखाएर आम्दानी र नाफा बढी देखाएको भन्दै अब सबै विवरण छर्लङ्ग पार्न श्वेतपत्र जारी गर्ने निर्णय बैठकले गरेको हो ।

यस्तै, नदी प्रवाहमा आधारित (आरओआर)मा जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खोल्ने निर्णय बैठकले गरेको प्राधिकरण स्रोतको भनाइ छ ।

Share News