बझाङको खप्तडछान्ना गाउँपालिकाका पूर्वअध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

<p>काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार तत्कालीन अध्यक्ष रोकायासहित, तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट जनक थापा मगर, लेखापाल मदनराज जोशी, र उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध [&hellip;]</p>

काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार तत्कालीन अध्यक्ष रोकायासहित, तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट जनक थापा मगर, लेखापाल मदनराज जोशी, र उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरूले आर्थिक वर्ष २०७६/७७ मा सिम्लका घट्ट सिंचाई कुलो निर्माणका लागि बजेट विनियोजन गरी काम सम्पन्न गरेको देखाइ आर्थिक वर्ष २०७७/७८ मा कुनै काम नगरी रकम भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

अनियमितता प्रमाणित भएपछि उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

Share News