एनआईसी एशिया बैंकले मनायो ग्लोबल मनी विक, ४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

<p>काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका विद्यार्थी तथा युवाहरूलाई लक्षित गर्दै वित्तीय साक्षरताका विभिन्न कार्यक्रम आयोजना गरी ‘ग्लोबल मनी विक २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित यस अभियानअन्तर्गत बैंकका सातै प्रदेशका शाखाहरूले ८० भन्दा बढी कार्यक्रम सञ्चालन गरेका थिए । जसबाट ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका विद्यार्थी तथा युवाहरूलाई लक्षित गर्दै वित्तीय साक्षरताका विभिन्न कार्यक्रम आयोजना गरी ‘ग्लोबल मनी विक २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित यस अभियानअन्तर्गत बैंकका सातै प्रदेशका शाखाहरूले ८० भन्दा बढी कार्यक्रम सञ्चालन गरेका थिए । जसबाट ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित भए ।

विशेषगरी, वित्तीय साक्षरताको पहुँच न्यून रहेका बाजुरा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुलालगायतका जिल्लाहरूमा समेत वित्तीय शिक्षाका कार्यक्रम सञ्चालन गरिएका थिए ।

यस अभियानलाई थप प्रभावकारी बनाउन बैंकले वित्तीय साक्षरतासम्बन्धी सामग्रीहरू पनि निर्माण तथा प्रकाशन गरेको छ । बैंकले यी कार्यक्रममार्फत बालबालिका, विद्यार्थी तथा युवालाई वित्तीय ज्ञान, सीप र जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास लिएको छ ।

Share News