‘बाहिरबाट राम्रो देखिए पनि प्राधिकरण संकटमा छ, डेडिकेडेट र ट्रंक लाइनको विवाद समाधान गर्छु’

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले बाहिरिबाट हेर्दा विद्युत प्राधिकरण राम्रो भएको देखिएपनि भित्रि रूपमा भने संकटमा रहेको धारणा राखेका छन् । मंगलबार साँझ कार्यालय पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘बाहिरिबाट हेर्दा धेरैले प्राधिकरणको प्रंशसा गरेका छन् । नाफा बढेको भनेर वाहीवाही गरिरहेका छन् । [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले बाहिरिबाट हेर्दा विद्युत प्राधिकरण राम्रो भएको देखिएपनि भित्रि रूपमा भने संकटमा रहेको धारणा राखेका छन् । मंगलबार साँझ कार्यालय पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘बाहिरिबाट हेर्दा धेरैले प्राधिकरणको प्रंशसा गरेका छन् । नाफा बढेको भनेर वाहीवाही गरिरहेका छन् । वास्तविक अवस्था त्यस्तो छैन । विद्युत प्राधिकरणका कर्मचारीहरूले संकटमा रहेको भनिरहेका छन्,’ उनले भने ।

यस्तै, उनले वर्तमान ट्रंक र डेडिकेटेड लाइन बक्यौता विवाद आफ्नो नेतृत्वमा समाधान गर्ने बताएका छन् । छानविन समितिले दिएको सुझावका आधारमा सो समस्याको निष्पक्ष समाधान गर्ने उनको भनाइ छ । आफूले यसलाई अवसरका रुपमा लिएको उनले बताए ।

साथै, उनले अबको चुनौति लोडसेडिङ नभई विश्वसनीय विद्युत सेवा दिनुपर्ने रहेको धारणा राखे । अदालतले दिन नसकेको न्याय सरकारबाट पाएको उनको भनाइ छ ।

‘मेरो नियुक्ति अवसरका रुपमा लिएको छु । पहिलाको अवसर बिचमा टुटेको थियो । उर्जाको हिसाबले देश संकटपूर्ण छ । बाहिरिबाट हेर्दा सबै राम्रो देखिएपनि आन्तरिक रुपमा भने चुनौति छ,’ उनले भने ।

Share News