कुलमानका समर्थकको प्रदर्शनले लिँदै उग्र रुप, प्रहरीसँग धक्कामुक्की, निषेधित क्षेत्र तोकियो

<p>काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरुको समूह सडकमा निस्किएको छ । काठमाडौंको माइतीघर मण्डलाबाट कुलमानका समर्थकहरूले प्रदर्शन गरिरहेका छन् । माइतीघर मण्डलामा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दिपक खड्काविरोधी नारा लगाइरहेका छन् । प्रदर्शनले उग्ररुप लिएपछि सुरक्षाकर्मीले माइतीघरमै निशेधित क्षेत्र पनि तोकेको छ । [&hellip;]</p>

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरुको समूह सडकमा निस्किएको छ । काठमाडौंको माइतीघर मण्डलाबाट कुलमानका समर्थकहरूले प्रदर्शन गरिरहेका छन् ।

माइतीघर मण्डलामा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दिपक खड्काविरोधी नारा लगाइरहेका छन् । प्रदर्शनले उग्ररुप लिएपछि सुरक्षाकर्मीले माइतीघरमै निशेधित क्षेत्र पनि तोकेको छ ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोज्दा प्रहरीसँग धक्कामुक्की भएको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सरकारले कुलमानलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेको छ ।

Share News