काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।
उनले सोमबार राति फेसबुक लाइभमार्फत् कुनै शब्द नबोली बत्ति बन्द गरेर र मैनबत्ति जलाएर सरकारको निर्णयको विरोध गरेका हुन् ।
उनले भिडियोमा भनेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् ।’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।