काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले आफूलाई हटाउने सरकारको निर्णयविरुद्द अदालत जाने बताएका छन् । उनले सरकारले आफूलाई बर्खास्त गर्ने निर्णय गरेको पत्र हात परेपछि अदालत जाने बताएका हुन् ।
‘सञ्चारमाध्यमबाट हताएको समाचार पढेको छु, हातमा पत्र आउनेबित्तिकै अदालत जान्छु,’ उनले भने ।
यसअघि पटक-पटक स्पष्टीकरण सोधेर हटाउने योजना बनाइरहेको सरकारले पाँचौं पटक स्पष्टीकरण सोधेर बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले उनको स्पष्टीकरण चित्त नबुझेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।
कार्यकाल सकिनु अगावै बिनाकारण पदबाट बर्खास्त हुनुपरेपछि उनी कानूनी बाटो रोज्ने निर्णयमा पुगेका हुन् ।