ओलीपछि प्रकाशमानलाई बालेनको झापड : मलाई हराउने नाममा देशलाई नहराउनू

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लेउपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफूलाई हराउने नाममा काठमाडौं र देशलाई नहराउन सुझाव दिएका छन् । उनले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै प्रश्न गर्दै यस्तो सुझाव दिएका हुन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत सिंहलाई [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लेउपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफूलाई हराउने नाममा काठमाडौं र देशलाई नहराउन सुझाव दिएका छन् । उनले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै प्रश्न गर्दै यस्तो सुझाव दिएका हुन् ।

उनले आइतबार सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो ?’ मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ मेयर बालेनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आएका बालेनले यस पटक सिंहको आलोचना गरेका हुन् ।

Share News