सरकारले व्यावसायीक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्छ : अध्यक्ष ढकाल

<p>&nbsp; काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तन भएका कानुनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै उनले परिवर्तन भएका कानुनलाई कार्यान्वयन गरी सरकारले नीतिगत स्थायित्वको प्रतिवद्धता दिनुपर्ने बताएका हुन् । वर्तमान सरकारले अवरोध मानिएका कानूनमा सुधार गरेर व्यवसायिक वातावरण बनाउन खोजेको निर्णय [&hellip;]</p>

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तन भएका कानुनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै उनले परिवर्तन भएका कानुनलाई कार्यान्वयन गरी सरकारले नीतिगत स्थायित्वको प्रतिवद्धता दिनुपर्ने बताएका हुन् ।

वर्तमान सरकारले अवरोध मानिएका कानूनमा सुधार गरेर व्यवसायिक वातावरण बनाउन खोजेको निर्णय स्थायी रुपमा राख्न पनि स्थायित्व आवश्यक भएको बताएका हुन् ।

अध्यक्ष ढकालले सरकारले कानूनमा संशोधन गरेर अगाडि सारेको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले नेपालमा राम्रा कानुन र व्यवस्था भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा कसैले लाभ लिन नसकेको सत्यलाई सबैले बुझ्न जरुरी रहेको बताए ।

नीतिगत स्थायित्व भए नेपालमा नेपालभित्रकै पुँजी र लगानीले धेरै काम गर्ने वातावरण बन्ने पनि बताए ।

सरकारले व्यावसायीक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्ने पनि बताए ।

विभिन्न समयमा व्यवसायी र उद्योग प्रतिष्ठानमा हुने अवरोध र अवाञ्छित क्रियाकलापहरुले नेपालमा लगानी गरेर गल्ती गरियो कि भन्ने सोच आउन थालेको गुनासो अध्यक्ष ढकालले गरे ।

व्यवसायीले उद्योग प्रतिष्ठान सञ्चालन गर्न लिएको जोखिम र हिम्मतलाई कसैले नजरअन्दाज गर्न नहुने प्रष्ट उनले पारे ।

Share News