स्थानीय तहको विकल्प छैन, यो नभइकन जनतालाई सेवा पुर्‍याउन सकिँदैन : ओली

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह बिना जनतालाई सेवा पुर्‍याउन नसकिने र यसको विकल्प नभएको बताएका छन् । नगरपालिका संघको ३२ औं दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । उनले भने, &#8216;स्थानीय सरकार नभइकन जनतालाई सेवा पु¥याउन सकिँदैन । अहिले प्रजातान्त्रिक जमानामा छौं । लोकतन्त्रलाई सुदृढ गर्न नेपाली जनता सचेत छन् । हामी [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह बिना जनतालाई सेवा पुर्‍याउन नसकिने र यसको विकल्प नभएको बताएका छन् ।

नगरपालिका संघको ३२ औं दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘स्थानीय सरकार नभइकन जनतालाई सेवा पु¥याउन सकिँदैन । अहिले प्रजातान्त्रिक जमानामा छौं । लोकतन्त्रलाई सुदृढ गर्न नेपाली जनता सचेत छन् ।
हामी देश बनाउने अभियानका कार्यकर्ता हौं । द्वन्द्व हैन, समस्याको समाधान गर्न चाहन्छौं । स्थानीय तहको विकल्प छैन ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहले नै गाउँघरमा सिंहदरबार पुगेको बताए ।

उनले भने, ‘अहिले स्थानीय तह चाहिँदैन भन्ने कुरा आएको छ । तर स्थानीय तहले नै सिंहदरबार गाउँगाउँमा पुगेको हो ।’

उनले बजेट तथा नीति कार्यक्रममा सुझावको अपेक्षासमेत गरेका छन् ।

नगरपालिका संघको ३२ औं दिवसको अवसरमा ६ वटा नगरपालिका उत्कृष्ट घोषणा भएका छन् ।

सिद्धार्थ नगरपालिका, मध्यपुर थिमी नगरपलिका, कलैया उपमहानगर पालिका, थाकुर बाबा नगरपालिका, गैंडाकोट नगरपालिका र घोडाघोडी नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।

Share News