पाँच दिनदेखि सुरुङमार्गको काम ठप्प, स्थानीय र आयोजनाबीच भएन सहमति

<p>काठमाडौं । नागढुङ्गा सुरुङमार्गको काम ५ दिनदेखि ठप्प रहेको छ । स्थानीयहरूले खानेपानीको माग राख्दै निर्माणस्थलमा धर्ना दिइरहेका छन् । स्थानीहरूले भौतिक मन्त्रालयसँग मात्रै छलफल गर्ने भनेर अडान लिइरहेकाले काम ठप्प भएको हो । चन्द्रागिरी नगरपालिका- २ का स्थानीय तथा पूर्ववडाध्यक्ष गोपी सुरखेतीका अनुसार हाल भौतिक मन्त्रालयका सचिवसँग छलफल भइरहेको छ । यदि आफूहरूका माग [&hellip;]</p>

फाइल तस्बिर ।

काठमाडौं । नागढुङ्गा सुरुङमार्गको काम ५ दिनदेखि ठप्प रहेको छ । स्थानीयहरूले खानेपानीको माग राख्दै निर्माणस्थलमा धर्ना दिइरहेका छन् । स्थानीहरूले भौतिक मन्त्रालयसँग मात्रै छलफल गर्ने भनेर अडान लिइरहेकाले काम ठप्प भएको हो ।

चन्द्रागिरी नगरपालिका- २ का स्थानीय तथा पूर्ववडाध्यक्ष गोपी सुरखेतीका अनुसार हाल भौतिक मन्त्रालयका सचिवसँग छलफल भइरहेको छ । यदि आफूहरूका माग पुरा गरे काम अघि बढ्ने नत्र काम ठप्पै पार्ने सुरखेतीको चेतावनी छ ।

अवरोध हटाउनका लागि आयोजनाले छलफल गर्न बैठक बोलाएको तर स्थानीयहरूले नटेरेपछि अवस्था तनाव ग्रस्त बनेको आयोजनाका प्रमुख तथा सिनियर डिभिजनल सञ्जिय पन्थीले जानकारी दिए।

उनले भने,‘ स्थानीयलाई हामीले छलफल गरेर सहमति गर्नै धेरै प्रयास गर्‍यौं तर उनीहरु आएनन् । हामीले पटक-पटक बोलाए पनि उनीहरूले टेर्दै टेरेनन् । भौतिक मन्त्रालय बाहेक हामी कसैसँग छलफल नगर्दैन भन्दै आइरहेका छन् ।’

हालसम्म झन्डै ८७ प्रतिशत मात्रै निर्माण काम सकिएको छ । सुरुङ निर्माणको काम ४२ महिनामा सकिनुपर्ने हो तर अझै सकिएको छैन । राजधानी भित्रिन सहज बनाउने नागढुंगा सुरुङ मार्गमा गाडी गुड्न अझै एक वर्ष लाग्ने आयोजनाले बताएको छ ।

सुरुङमार्गको निर्माण कार्य २०७६ कात्तिक ४ बाट सुरु भएको थियो। जसमा २०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, कोभिडको बहाना देखाएर म्याद थप गरियो । त्यसपछि सोहीअनुसार सरकारले पटक-पटक गरेर थप दुई सम्झौता गरिसकेको छ ।

पहिलो सम्झौताअनुसार सुरुङमार्गको कार्य सम्पन्न नभएपछि पहिलो पटक २०८० असार मसान्तसम्म समय थपिएको थियो । त्यसपछि २०८१ वैशाख १३ सम्म म्याद थपे पनि काम सकिएन । आयोजनासँग अब २०८२ असोजसम्म म्याद छ । आयोजना सुरु गर्दा ४२ महिनामा सक्ने लक्ष्य थियो ।

Share News