नेपाल-चीनबीचका १४ वटा व्यापारिक नाका सञ्चालनमै छन् : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताएका छन् । बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । उनले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो बताएका हुन् ।

उनले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुपति पत्र उपलब्ध गराउन कार्यविधिसेमत कार्यान्वयनमा आइसकेको बताए ।

व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै नेपाल र चीनबीच हस्ताक्षर भएको उनको भनाइ छ ।

उनले भने, ‘नेपाल–चीनको सिमानमा रहेका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाकाहरु पुनः सञ्चालन गर्ने सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र चीनबीच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँदछु ।’

प्रधानमन्त्री ओलीले नाका सञ्चालनमै रहेपनि हिउँ परेका कारण अस्थायी रूपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताए ।

Share News