देशमा लोडसेडिङ हुन्छ, कुलमानले लोड सेडिङमुक्तको भ्रम फैलाए : मन्त्री खड्का

<p>काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अब लोडसेडिङ हुन सक्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले साँझको समयमा लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् । मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गर्दै लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् । उद्योगको लाइन [&hellip;]</p>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अब लोडसेडिङ हुन सक्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले साँझको समयमा लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् ।

मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गर्दै लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् । उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको उनको आरोप छ ।

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिएपनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताएका छन् ।

‘हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, लोडसेडिङ हटेको छैन,’ उनले भने ।

Share News