पुनः भूमि बैंकको स्थापना गर्ने तयारीमा सरकार

<p>काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः सुरु गर्न लागेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर विरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः भूमि [&hellip;]</p>

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः सुरु गर्न लागेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर विरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल सुरु गरेको जानकारी दिए ।

उनले भूमिसम्बन्धी अध्यादेश भूमिसम्बन्धी समस्याहरू समाधानका लागि छोटो बाटोबाट समस्या समाधान गर्न भूमिसम्बन्धी अध्यादेश ल्याएको भएपनि अब ऐन नै ल्याउने तयारी गरेको बताए ।

भूमि व्यवस्था समस्या आयोगले आफ्ना काम सुरु गरेको र वास्तविक सुकुम्वासी र भूमिहिनलाई सरकारको नियमानुसार जग्गा उपलब्ध गराउने मन्त्री अधिकारीले प्रतिबद्धता जनाए ।

Share News