
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल कारोबार बढ्दै गएकोमा राष्ट्र बैंक सन्तुष्ट रहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘ग्लोबल मनी विक २०२५’ को उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । ठगी हुनुबाट ग्राहक आफै सतर्क हुनुपर्ने उनको भनाइ छ ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले कोर कामसहित वित्तीय साक्षरतालाई जोड दिएको बताए ।
उनले भने, ‘नेपाल राष्ट्र बैंकले आफ्नो कोर कामसहित वित्तीय साक्षरतालाई जोड दिएको छ । बैंकमा बैंकमा खोलिएका खाता सक्रिय राख्न र खातामा बचत गर्ने बानी बसाल्नु वित्तीय साक्षरताको प्रभावकारीता हो । वित्तीय साक्षरताले आचरण, व्यवहारमा सकारात्मक ल्याउँछ ।’
उनले स्कुलको पाठ्यक्रममा वित्तीय साक्षरता राख्ने तयारी भइरहेको पनि जानकारी दिए । उनका अनुसार यसका लागि केही चरणमा छलफलसमेत भइरहेको छ ।
गभर्नर अधिकारीले बैंकका विभिन्न प्रडक्ट हुने र आफूलाई जुन उपयुक्त लाग्छ ती प्रडक्ट प्रयोग गर्नुपर्ने पनि बताए ।