अन्तर्राष्ट्रियस्तरको ‘महिला नेतृत्व सम्मेलन’ काठमाडौंमा

<p>काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रियस्तरको ‘महिला नेतृत्व सम्मेलन’ को आयोजना गरेको छ । आइतबार काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको सम्मेलन दोस्रो अन्तराष्ट्रिय सम्मेलन हो । योभन्दा पहिले २ वर्ष अगाडि भरतपुरको चितवनमा पहिले सम्मेलन गरिएको थियो । नेपाल उद्योग परिसंघ तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रियस्तरको ‘महिला नेतृत्व सम्मेलन’ को आयोजना गरेको छ । आइतबार काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको सम्मेलन दोस्रो अन्तराष्ट्रिय सम्मेलन हो ।

योभन्दा पहिले २ वर्ष अगाडि भरतपुरको चितवनमा पहिले सम्मेलन गरिएको थियो । नेपाल उद्योग परिसंघ तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको लागि महिला र पुरुष सँगसँगै अघि बढ्नुपर्ने बताए ।

नेपालमा हरेक क्षेत्रमा महिलाको सहभागिता बढेको बताउँदै ओलीले समस्या भएका ठाउँमा समाधान गरेर अघि बढ्न सरकार तयार रहेको बताए । उनले नेपालमा सबैभन्दा पहिले महिला राष्ट्रपति पाएको बताउँदै अहिले प्रदेशका मुख्यमन्त्री हुँदै मुख्य सचिवसमेत महिला नेतृत्व पुगिसकेको बताए ।

यस्तै, कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली महिलाको आन्दोलनको सफलता नेपाली महिलाहरू हरेक क्षेत्रमा पुग्न सफल भएको बताए । उनले अहिलेको सरकार नेपालको उत्पादन र उद्यमशीलताको क्षेत्रमा सक्रिय रहेको बताउँदै नीतिगत सुधारका कार्यहरू पनि गरिरहेको बताए ।

सम्मेलनमा खेलकुद क्षेत्रमा सहभागीता जनाइ देशलाई चिनाउन सफल फुटबल खेलाडी प्रीति राई र पारलैंगिक महिला रुप्सना कपालीलाई सम्मान गरिएको थियो ।

यस्तै, सम्मेलनमा ‘टेक्नोलोजी एन्ड इनोभेसन’, ‘वुमन इन सस्टेनेबल एग्रिकल्चर’, ‘इन्भेस्टिङ इन वुमन’, ‘बियोन्ड बाउन्ड्रिज’ विषयमा सत्रगत रूपमा छलफल चलेको थियो । कार्यक्रममा युके, जापान, भारतलगायतका देशबाट वक्ताहरू आएका थिए । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायत क्षेत्रमा स्थापित महिलाहरूको सहभागिता रहेको थियो ।

Share News