वुमन लिडरसिप समिट २०२५ चैत्र ३ गते काठमाडौंमा हुँदै

<p>काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले दोस्रो अन्तराष्ट्रिय स्तरको &#8216;वुमन लिडरसिप समिट २०२५&#8217; आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले यही चैत्र ३ गते कार्यक्रम गर्न लागेको जानकारी गराएको हो । औद्योगिक वातावरण निर्माण, नवप्रवतन प्रवर्द्धन, रोजगारी सिर्जना लगायत समग्र आर्थिक विकासका लागि गतिविधि गर्दै आइरहेको परिसंघले महिला नेतृत्वको विषयमा पनि [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले दोस्रो अन्तराष्ट्रिय स्तरको ‘वुमन लिडरसिप समिट २०२५’ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले यही चैत्र ३ गते कार्यक्रम गर्न लागेको जानकारी गराएको हो ।

औद्योगिक वातावरण निर्माण, नवप्रवतन प्रवर्द्धन, रोजगारी सिर्जना लगायत समग्र आर्थिक विकासका लागि गतिविधि गर्दै आइरहेको परिसंघले महिला नेतृत्वको विषयमा पनि वकालत गर्दै आइरहेको छ । चैत्र ३ गते हुने समिटमा प्रविधि, दिगो कृषि, जलवायु परिवर्तनका विषयमा छलफल गरिने छ ।

 कार्यक्रममा बोल्दै सीएनआई महिला नेतृत्व फोरमकी अध्यक्ष छाया शर्माले हरेक तहमा महिलाको नेतृत्व आवश्यक रहेको बताउँदै आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउने र नेतृत्व तहमा पनि महिलाको संख्या बढाउनुपर्ने बताइन् ।

उनले समिटमा नेपालसहित युके, जापान र भारतबाट समेत वक्ता आउने भएकाले अन्तर्राष्ट्रिय स्तरमा उद्योगमा महिलाले गरिरहेका प्रयास कामका विषयमा समेत जानकारी पाउन सकिने बताइन् । 

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजकुमार अग्रवालले यस्ता कार्यक्रमले महिला उद्यमशीलताको क्षेत्रमा सघाउ पुर्‍याउने बताए । महिलाले व्यवसाय गर्दा मार्केटिङको समस्या अहिले पनि रहेको बताउँदै यस्ता कार्यक्रमले देशविदेशका नीति नियमबारे जानकारी जानकारी हुनेर नेपालमा पनि बहस गर्न सजिलो हुने बताए । 

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरूलाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।  यस्तै, कार्यक्रममा बोल्दै नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईंले नबिलले महिलाको नेतृत्व विकासका विषयमा कार्यक्रम गरिरहेको बताउँदै सीएनआइसँग फेलोसिप मिल्ने भएकाले कार्यक्रममा समन्वय गरेको बताए । 

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा गरिने सम्मेलनको उद्‌घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । 

Share News