सात महिनामा ३२ प्रतिशतले बढ्यो सेयरधितो कर्जा, माछापुच्छ्रे र नेपाल एसबिआईको उच्च वृद्धि

<p>काठमाडौं । सात महिनाको अवधिमा वाणिज्य बैंकको सेयरधितो कर्जा ३२.३८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकको सेयरधितो कर्जा गत असारको तुलनामा माघसम्म ३२.३८ प्रतिशतले बढेको हो । वाणिज्य बैंकहरुले माघसम्म कुल ९३ अर्ब १२ करोड ४० लाख रुपैयाँ प्रवाह गरेको छ भने गत असारमा ७० अर्ब ३४ करोड ४० [&hellip;]</p>

काठमाडौं । सात महिनाको अवधिमा वाणिज्य बैंकको सेयरधितो कर्जा ३२.३८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकको सेयरधितो कर्जा गत असारको तुलनामा माघसम्म ३२.३८ प्रतिशतले बढेको हो ।

वाणिज्य बैंकहरुले माघसम्म कुल ९३ अर्ब १२ करोड ४० लाख रुपैयाँ प्रवाह गरेको छ भने गत असारमा ७० अर्ब ३४ करोड ४० लाख रुपैयाँ लगानी गरेका थिए ।

यो अवधिमा सबैभन्दा बढी सेयरधितो कर्जा वृद्धि माछापुच्छ्रे बैंकको देखिएको छ । सो बैंकको सेयरधितो कर्जा १९७.१६ प्रतिशतले बढेको छ । बैंकले गत असारमा कुल ४६करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघसम्म कुल १ अर्ब ३८ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै नेपाल एसबिआई बैंकको सेयरधितो कर्जा पनि १३४.४७ प्रतिशतले बढेको छ । बैंकले गत असारमा २० करोड १० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेकोमा माघसम्म कुल ४७ करोड २० लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, कुमारी बैंकको सेयरधितो कर्जा ९७.४७ प्रतिशत, एनएमबिको ८१.१५ प्रतिशत, प्राइमको ६१.७१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरधितो कर्जा ५८.८२ प्रतिशतले बढेको देखिन्छ ।

माघसम्म सबैभन्दा बढी सेयरधितो कर्जा नबिल बैंकले लगानी गरेको छ । नबिलले माघसम्म कुल १२ अर्ब ९५ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारमा यस बैंकले ११ अर्ब ४२ करोड ७० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको थियो ।

Share News