नेप्सेको सीईओ बन्न कार्कीसहित १० जना पुगे अर्थमन्त्रालय, क-कसले दिए आवेदन ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालका अनुसार नेप्सेको सीईओका लागि आइतबार अन्तिमदिनसम्म १० जनाले आवेदन दिएका हुन् । मन्त्रालयका अनुसार नेप्सेको सीईओका लागि पूर्णप्रसाद आचार्यले आवेदन दिएका छन् । उनी यसअघि सीडीएस एण्ड क्लियरिङका सीईओ समेत भइसकेका हुन् । यस्तै, बद्रीप्रसाद [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालका अनुसार नेप्सेको सीईओका लागि आइतबार अन्तिमदिनसम्म १० जनाले आवेदन दिएका हुन् ।

मन्त्रालयका अनुसार नेप्सेको सीईओका लागि पूर्णप्रसाद आचार्यले आवेदन दिएका छन् । उनी यसअघि सीडीएस एण्ड क्लियरिङका सीईओ समेत भइसकेका हुन् ।

यस्तै, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बश्याल र मुकन्दराज जोशीले सीईओका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कार्की नेप्सेका पूर्वसीईओसमेत हुन् ।

सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन ७ दिन म्याद थप्दै फागुन २५ गतेसम्म लम्ब्याएको थियो । गत फागुन १२ गते सूचना प्रकाशन गर्दै समितिले फागुन १८ गतेसम्म सीईओ पदका लागि आवेदन माग गरेको थियो । तर, उक्त समयमा तीन दिन सार्वजिनक बिदा परेको कारण समय थप गरिएको सिफारिस समितिले जनाएको छ ।

सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेललाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन् ।

कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओविहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।

Share News