पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत

<p>काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी आइतबार अपराह्न ४ बजेतिर पोखराबाट काठमाडौं आइपुगेका हुन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलबाहिर समर्थकहरूले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न कमल थापासहितका नेताहरू पनि विमानस्थल पुगेका थिए । समर्थकहरूले &#8216;हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ&#8217; नारा [&hellip;]</p>

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी आइतबार अपराह्न ४ बजेतिर पोखराबाट काठमाडौं आइपुगेका हुन् ।

समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलबाहिर समर्थकहरूले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न कमल थापासहितका नेताहरू पनि विमानस्थल पुगेका थिए ।

समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ नारा लगाइरहेका छन् । र्‍यालीसहित उनलाई निर्मलनिवास पुर्‍याउने राजावादीको तयारी छ । यसैलाई मध्यनजर गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Share News