तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, नेपालसम्म धक्का

<p>काठमाडौं । चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न २ः३५ बजे उक्त स्थान केन्द्र भएर ५.९ रिक्टर स्केलको भूकम्प भएको हो । यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको थियो । आज बिहान [&hellip;]</p>

काठमाडौं । चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न २ः३५ बजे उक्त स्थान केन्द्र भएर ५.९ रिक्टर स्केलको भूकम्प भएको हो ।

यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको थियो ।

आज बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४.१ रिक्टर स्केलको भूकम्प भएको केन्द्रले जनाएको छ । आजै बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रिक्टरको भूकम्प भएको थियो ।

Share News