‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जामन्त्रीले कुलमानलाई फेरि सोधे स्पष्टिकरण, यस्तो छ पत्र

<p>काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फेरि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ बुँदे स्पष्टिकरण सोधेका छन् । बिहिबार घिसिङलाई पत्र पठाउँदै मन्त्रालयले मन्त्रिपरिषदकाे निर्णयअनुसार सफाइ पेस गर्न तीन दिनको मौका दिइएको भन्दै सफाइ पेस गर्न स्पष्टीकरण सोधेको हो । तपाईंलाई पदबाट किन नहटाउने भन्दै ऊर्जा मन्त्रालयले ४ बुँदे स्पष्टीकरण सोधको [&hellip;]</p>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फेरि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ बुँदे स्पष्टिकरण सोधेका छन् ।

बिहिबार घिसिङलाई पत्र पठाउँदै मन्त्रालयले मन्त्रिपरिषदकाे निर्णयअनुसार सफाइ पेस गर्न तीन दिनको मौका दिइएको भन्दै सफाइ पेस गर्न स्पष्टीकरण सोधेको हो ।

तपाईंलाई पदबाट किन नहटाउने भन्दै ऊर्जा मन्त्रालयले ४ बुँदे स्पष्टीकरण सोधको हो ।

नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम कार्यकारी निर्देशकले पालना गर्नुपर्ने आफ्नो काम र कर्तव्य पालना नगरेकोले तपाईंलाई पदबाट किन नहटाउने भनेर प्रश्न सोध्दै मन्त्रालयले उनीसँग स्पष्टिकरण सोधेको हो ।

Share News