कुलमानलाई हटाउन अन्तिम अस्त्र प्रयोग, दिपक असफल भएपछि मन्त्रिपरिषदले नै सोध्यो स्पष्टीकरण

<p>&nbsp; काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनलाई तपाईंलाई पदबाट किन नहटाउने भनेर तीन दिने स्पष्टीकरण सोध्ने निर्णय बुझिएको छ । यसअघि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले उनलाई स्पष्टीकरण [&hellip;]</p>

 

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनलाई तपाईंलाई पदबाट किन नहटाउने भनेर तीन दिने स्पष्टीकरण सोध्ने निर्णय बुझिएको छ ।

यसअघि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले उनलाई स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरणको जवाफ दिँदै घिसिङले मन्त्रालयले आफूलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको बताएका थिए ।

मन्त्रालयले उनलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको थियो । सरकारले पटक–पटक उनलाई स्पष्टीकरण सोधेर हटाउने प्रयास गरिरहेको छ ।

तर, हटाउने कार्यमा उर्जामन्त्री खड्का असफल भएपछि उनलाई अन्ततः मन्त्रिपरिषद् बैठकले नै स्पष्टीकरण सोधेको हो ।

Share News