‘एचआरमीट २०१७’ चैत १६ गतेदेखि शुरु, २५० कम्पनी सहभागी हुने

<p>काठमाडौं । ग्रोथ सेलर्सले एचआरमीटको दशौं संस्करण &#8216;एचआरमीट २०१७&#8217; आगामी चैत्र १६ गतेदेखि शुरु गर्ने भएको छ । कम्पनीले उक्त कार्यक्रम काठमाडौंको साल्टी होटलमा आयोजना गर्ने भएको छ । ‘एच आर फर अल, अल फर एच आर’ भन्ने नाराका साथ आयोजना गरिने आयोजकले बताएका छन् । चैत १७ गतेसम्म हुने उक्त कार्यक्रममा विभिन्न (निजि क्षेत्र, [&hellip;]</p>

काठमाडौं । ग्रोथ सेलर्सले एचआरमीटको दशौं संस्करण ‘एचआरमीट २०१७’ आगामी चैत्र १६ गतेदेखि शुरु गर्ने भएको छ । कम्पनीले उक्त कार्यक्रम काठमाडौंको साल्टी होटलमा आयोजना गर्ने भएको छ ।

‘एच आर फर अल, अल फर एच आर’ भन्ने नाराका साथ आयोजना गरिने आयोजकले बताएका छन् । चैत १७ गतेसम्म हुने उक्त कार्यक्रममा विभिन्न (निजि क्षेत्र, सरकारी, अर्ध सरकारी ,गैर सरकारी संघ संस्था लगायत अन्य विभिन्न संघ संस्था बाट) २५० भन्दा भन्दा बढीको सहभागीता रहने कम्पनीका अध्यक्ष मोहन ओझाले जानकारी गराएका छन् । साथै उनले हाल सम्म ५० प्रतिशतले कार्यक्रममा आउने प्रतिवद्धता दिएका छन् ।

यस कार्यक्रमका प्रमुख वक्ताहरुमा भारतबाट टिभीआरएलएसका प्रमुह कार्यकारी अधिकृत प्राडा टिभि राव तथा प्राडा आइएसएफ राज रहेका छन् ।

दुई दिने सो कार्यक्रममा यस वर्ष स्वदेशी तथा विदेशी विज्ञहरुले मानव संसाधन सम्बन्धी प्रस्तुती पेश गर्नेछन् । साथै नेपालमा कार्यकारी निर्देशक तथा मानव संसाधन विज्ञ बीचको सम्वन्धलगायतका विषयमा छलफल हुनेछ । अहिलेको अवस्थामा पनि कर्पोरेट हाउसले मानवसंधनको क्षेत्रमा गरिने खर्चलाई लगानीको रुपमा नलिनु दुखको विषय भएको बताए ।

कार्यक्रमलाई निम्बल इन्फोसिसले टाइटल स्पोन्सर गरेको छ भने डिएभी कलेज अफ म्यानेजमन्ट एशोसिएट्स पार्टनरको रुपमा रहेको छ ।

Share News