कुमारी बैंकका ग्राहकलाई क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रमा २० प्रतिशतसम्म छुट

<p>काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित भाटभटेनी टंगालमा रहेको क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित भाटभटेनी टंगालमा रहेको क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News