
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसकारी अस्पतालहरूमा नर्सहरूले न्यूनतम पारिश्रमीक नपाएको गुनासो सुनेको बताएका छन् ।
मंगलबार ट्रेड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले न्यूनतम पारिश्रमीकभन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिए ।
पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तलको पारीश्रमीक दिन नपाइने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको छ । अहिले पनि कतिपय गैरसकारी हस्पिटलहरूमा म सुन्छु । नर्सहरूले पनि न्यूनतम स्यालरी बराबरको रकम पाइरहेका छैनन् । यो न्यूनतम पारिश्रमिकभन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन कतै पनि पाइँदैन । यो दण्डनीय कानुन लाग्ने विषय बनाउनु पर्दछ । पारिश्रमिक कुनैपनि बहानामा न्यूनतमभन्दा तल दिन पाइँदैन।’
उनले रोजगारी र रोजगारीका अवसर उपलब्ध गराउने बाटो उद्याशीलता र व्यावसायीकता भएको पनि बताए ।