काठमाडौं । नागरिक लगानी कोषका सहभागीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा छुट हुने भएको छ ।
कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
सो छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रबी मल्लले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउने कम्पनीले जनाएकाे छ । छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।