नुवाकोटमा एकै दिन २ मोटरेबल पुल उद्घाटन

<p>काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुलको उद्‌घाटन गरेका छन् ।  शुक्रबार मन्त्री दाहालले नुवाकोटको सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएका पक्की पुल उद्‌घाटन गरेका हुन्। पुलको उद्घाटनपछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा गर्नुपर्ने बताए ।  [&hellip;]</p>

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुलको उद्‌घाटन गरेका छन् । 

शुक्रबार मन्त्री दाहालले नुवाकोटको सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएका पक्की पुल उद्‌घाटन गरेका हुन्।

पुलको उद्घाटनपछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा गर्नुपर्ने बताए । 

अन्तरदेशीय पहुँच स्थापित गर्ने, बढी जनसंख्यालाई लाभ हुने, गाउँ र सहर जोड्ने तथा उत्पादन र बजारलाई जोड्ने योजना तथा आयोजनहरू प्राथमिकतामा रहने उनको भनाइ छ।

निर्माण कार्यमा हुने ढिलासुस्ती र गुणस्तरहिनता मान्य नहुने उल्लेख गर्दै मन्त्री दाहालले तीनै तहका सरकार र नागरिकको सहकार्यले नै समृद्धिको यात्रा अघि बढाउन सकिने बताए।

उनले गल्छी(मैलूङ श्याफ्रूवेशी सडक, पासाङ्ग ल्यामू राजमार्ग, मध्य पहाडी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै उनले हाल देशभरि नै तीव्र गतिमा निर्माण कार्य भइरहेको दाबी समेत गरे । 

यस्तै पुल उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि सहभागी थिए।

 

Share News