अध्यादेश पारित हुन नसकेपछि दौडधूपमा सत्तासीन दल, छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

<p>काठमाडौं । सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट पारित हुनका लागि बहुमत नपुगेपछि सत्तासिन दल दौडधूपमा लागेका छन् । विशेष गरेर नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु नै नेताहरुसँग भेटघाट गरेर अध्यादेशको पक्षमा मत दिन आग्रह गरिरहेका छन् । सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको [&hellip;]</p>

काठमाडौं । सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट पारित हुनका लागि बहुमत नपुगेपछि सत्तासिन दल दौडधूपमा लागेका छन् । विशेष गरेर नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु नै नेताहरुसँग भेटघाट गरेर अध्यादेशको पक्षमा मत दिन आग्रह गरिरहेका छन् ।

सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन । त्यस्तै, भूमि अध्यादेशसहित संसदमा पेस भएका छन् । ६ वटा अध्यादेश पारित गर्ने विकल्पका विषयमा अहिले नेताहरु छलफल गरिरहेका छन् ।

केही दिनअघि एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अध्यादेश पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । पुनले आफूलाई पोखरेलले आग्रह गरेको विषय सार्वजनिक गरेपछि पोखरेलले पनि सामाजिक सञ्जालमार्फत् पुनको आलोचना गरेका थिए । अहिले अधिकांश नेताहरु अध्यादेश कसरी पास गर्ने भन्ने विषयमा दौडधूप गरिरहेका छन् ।

 

यही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आव्हान गरेका छन् । ओलीले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी संयन्त्रको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, अध्यादेश र सरकार सञ्चालनका विषयमा छलफल हुने बुझिएको छ ।

संयन्त्रमा एमालेबाट प्रधानमन्त्री ओलीसहित, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा सहभागी हुने बुझिएको छ ।

 

Share News