आफ्नो अन्तिम मौद्रिक नीतिको समीक्षा कस्तो ल्याउँदैछन् गभर्नर ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक हुने सम्भावना रहेको छ । ‘सञ्चालक समितिको बैठक बस्दैछ । सञ्चालक समिति बैठकमा आज मौद्रिक नीति पेस गरिन्छ । यदि सञ्चालक समितिले [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक हुने सम्भावना रहेको छ ।

‘सञ्चालक समितिको बैठक बस्दैछ । सञ्चालक समिति बैठकमा आज मौद्रिक नीति पेस गरिन्छ । यदि सञ्चालक समितिले पारित गर्याे भने आज नै सार्वजनिक हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यदि सञ्चालक समितिले कुनै नीति परिवर्तन गर्न खोज्यो भने फागुन १५ गते आउँछ ।’

राष्ट्र बैंकको कार्यविधि अनुसार त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नु पर्ने व्यवस्था छ । सोही बमोजिम फागुन १५ गतेसम्म राष्ट्र बैंकले मौद्रिक नीतिको  अर्धवार्षिक समीक्षा गरिसक्नुपर्ने हुन्छ ।

तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पहिलो कार्यकालको अन्तिम मौद्रिक नीति भएकाले सबैले चासोको रुपमा लिएका छन् । राष्ट्र बैंकबाट बाहिरिँदै गर्दा गभर्नर अधिकारीले मौद्रिक नीति धेरै नचलाउने देखिन्छ ।

स्रोतका अनुसार विगतको अभ्यास हेर्दा गभर्नरहरूले कार्यकाल सकिँदा समय परिस्थिति अनुसार मौद्रिक नीति चलाउने गरेका थिए । तर, अहिले समय सामान्य रहेकाले गभर्नर अधिकारीले मौद्रिक नीतिमा खेल्ने ठाउँ धेरै नरहेको उनको दाबी छ ।

‘यसभन्दा अगाडिका गभर्नर बाहिरिँदा ठ्याक्कै कोभिड सुरु भएको थियो । चैतमा उहाँ जानु भयो बैशाखमा पूर्ण लकडाउन भयो । त्यो बेला प्रिकोभिड सिनारियो भएकाले सोही अनुसारका नीति ल्याइएको थियो,’ स्रोतले भन्यो, ‘अहिले सबै सामान्य छ । कुनै विशेष समय छैन । त्यसकारण ठूलो निर्णय गर्नुपर्ने देखिँदैन ।’

उनका अनुसार कर्जा प्रवाह वृद्धि नहुनमा मौदिक नीति कडाइ वा ब्याजदर उच्च भए भएर होइन । कर्जा प्रवाह नबढ्नुमा अन्य नै कारण रहेको उनले दाबी छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर औसत ८.६९ प्रतिशत बिन्दुमा झरिसकेको छ । साथै निक्षेपतर्फको ब्याजदर औसत ४.७५ प्रतिशत बिन्दुको हाराहारीमा छ ।

Share News