यूएसएआईडीअन्तर्गत डिजाइन नभएका कार्यक्रमहरूबाट सहयोग आएको छैन : अर्थमन्त्रालय

<p>काठमाडौं । अर्थमन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख छ । मन्त्रालयका अनुसार यूएसएआईडी नेपालमा सन् १९५१ देखि निरन्तर रूपमा अनुदान सहायतामार्फत [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख छ ।

मन्त्रालयका अनुसार यूएसएआईडी नेपालमा सन् १९५१ देखि निरन्तर रूपमा अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्‍चालन हुँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा जारी गरेको कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्‍चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको छ ।

यसैगरी यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको मन्त्रालयले जनाएको छ ।

डिजाइनको क्रममा रहेका यी कार्यक्रमहरूको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्‍त नभएको मन्त्रालयले जनाएको छ ।

Share News