
काठमाडौं । बीएमडब्ल्यूले ब्रिटेनमा पूर्ण–इलेक्ट्रिक मिनी कार उत्पादन गर्ने आफ्नो तालिका पुनर्विचार गरिरहेको शनिबार घोषणा गरेको छ ।
अटोमोबाइल उद्योगमा रहेका अनिश्चितताहरू बढ्दै गएपछि बीएमडब्ल्यूले पुनर्विचार गरिरहेको हो ।
मिनीले २०२३ मा ६०० मिलियन पाउन्ड (७५७.८० मिलियन) लगानी गरेर २०३० सम्म आफ्नो मिनी ब्रान्डलाई पूर्ण रूपमा इलेक्ट्रिक बनाउने योजना बनाएको घोषणा गरेको थियो । योजनाअन्तर्गत २०२६ मा अक्सफोर्डमा उत्पादन सुरु गरिने उल्लेख थियो ।
तर शनिबार बीमएमडब्ल्यू समूहले उक्त योजनालाई पुनरावलोकन गरिरहेको जनाएको छ ।
‘अटोमोबाइल उद्योगमा रहेका विभिन्न अनिश्चितताहरूलाई ध्यानमा राख्दै बीएमडब्ल्यू समूह हाल अक्सफोर्डमा ब्याट्री–इलेक्ट्रिक मिनी उत्पादन पुनः सुरू गर्ने समयतालिका पुनरावलोकन गर्दैछ,’ कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ ।
बीएमडब्ल्यूले विद्युत् सवारीसाधनहरूको बिक्री अपेक्षाअनुसार तीव्र गतिमा वृद्धि गर्न सकिरहेको छैन ।
उद्योगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै अमेरिकी अटो आयातमा २५ प्रतिशत ट्यारिफ लगाउने धम्कीको सामना गर्नुपरिरहेको छ ।
यसैबीच फक्सवागनको अडीले उत्तर अमेरिकामा आफ्नो उत्पादन विस्तार गर्ने योजना बनाएको छ भने मर्सिडिजले पनि अमेरिकामा आफ्नो उत्पादन वृद्धि गर्ने घोषणा गरिसकेको छ ।
मिनीले आफ्नो विज्ञप्तिमा भनेको छ कि अक्सफोर्ड कारखानाको निर्माण कार्य राम्रोसँग अघि बढिरहेको छ ताकि उक्त प्लान्टलाई भविष्यका लागि तयार पार्न सकियोस् । तर, कम्पनीले बेलायत सरकारलाई आफ्नो समयतालिका पुनरावलोकन गर्ने निर्णयबारे जानकारी गराइसकेको छ ।
ईभी यातायात समूहहरूले ‘ईयूलाई गरे ‘सीओ टु’ उत्सर्जन नियमहरू खुकुलो नपार्न आग्रह
मर्सिडिज बेन्जले लागत कटौती योजना ल्यायो, २०२५ को आम्दानी घट्ने पूर्वानुमान
स्मार्ट ईभी लञ्चपश्चात् वीवाईडीविरुद्ध गुनासोको बाढी
स्टेलान्टिसले टर्मोली प्लान्टमा हाइब्रिड गाडीका पार्ट्स उत्पादन गर्ने
साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो