यति एयरलाइन्समा उडान भर्दा क्रोकोडाइल लगेज तथा ब्यागप्याक उपहारमा पाइने

<p>काठमाडौं । यति एयरलाइन्समा उडान भर्ने यात्रुहरूले क्रोकोडाइल लगेज तथा ब्यागप्याकमा हात खाली नजाने उपहार पाउने भएका छन् । फेब्रुअरी, मार्च र अप्रिल महिनामा यति एयरलाइन्सबाट यात्रा गर्ने यात्रुहरूले क्रोकोडाइल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्ने भएका हुन् । यति एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ पास [&hellip;]</p>

काठमाडौं । यति एयरलाइन्समा उडान भर्ने यात्रुहरूले क्रोकोडाइल लगेज तथा ब्यागप्याकमा हात खाली नजाने उपहार पाउने भएका छन् ।

फेब्रुअरी, मार्च र अप्रिल महिनामा यति एयरलाइन्सबाट यात्रा गर्ने यात्रुहरूले क्रोकोडाइल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्ने भएका हुन् ।

यति एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिखसम्म रहनेछ ।

अनलाइनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाईल लगेज नेपालको आधिकारीक फेसवुक पेज वा इन्स्टाग्राम पेजमार्फत खरिद गरी प्राप्त छुटको लागि डेलिभरीको समयमा यति एयरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन् ।

‍‍यसैगरी, प्रत्येक साता क्रोकोडाइल ब्यागप्याक तथा प्रत्येक पन्ध्र दिनमा क्रोकोडाइल क्याविन लगेज उपहार स्वरूप जित्न सक्ने जनाइएको छ ।

यति एअरलाइन्सले आफ्ना यात्रुहरूबीच गर्ने लक्की ड्रमार्फत विजेता घोषणा गरी उपहारहरू प्रदान गरिनेछ ।

Share News