काठमाडौं । महाशिवरात्रिको अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रि विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ ।
महाशिवरात्रिमा चन्द्रागिरिमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।
महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।
चन्द्रागिरि हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।