काठमाडौं । नेपाल बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले चैत ६ गते काठमाडौंमा बिहान साढे १० बजे ६५औँ वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, गत वर्षको नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
साथै बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।