प्रधानमन्त्री कार्यालयले मूल्याङ्कन गर्न नजानेको भौतिकमन्त्रीको आरोप, थोरै नम्बर दिएकोमा आक्रोशित

<p>काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हाल राजमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उनले मन्त्रालयका १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले प्रगति ५० प्रतिशतमाथि रहेको [&hellip;]</p>

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हाल राजमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको दाबी गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उनले मन्त्रालयका १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले प्रगति ५० प्रतिशतमाथि रहेको बताए ।

यस्तै, मन्त्री दाहालले ग्वार्को फ्लाइओभरको ८२ प्रतिशत काम सम्पन्न भइसकेको र सम्पन्न हुने चरणमा रहेको बताए ।

विभिन्न राजमार्ग निर्माणको काम पनि द्रुत गतिमा अघि बढिरहेको उनको भनाइ छ ।

उनले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताए । आफ्नो नेतृत्वमा विभिन्न कामले गति लिए पनि प्रधानमन्त्रीको कार्यालयले मूल्याङ्कन गर्न नजानेको गुनासो मन्त्री दाहालको छ ।

उनले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताउँदै आफूलाई सबैभन्दा थोरै नम्बर दिएकोमा आक्रोश व्यक्त गरे ।

संघीय सरकारका मन्त्रालयहरूले आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पन्न गरिसक्नुपर्ने कामको हिसाबले भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल सबैभन्दा कमजोर देखिएका थिए । उनलाई दिइएको नम्बरअनुसार उनी असफल मन्त्रीको सूचीमा छन् ।

उनी नेतृत्वको मन्त्रालयले ७.९ प्रतिशत काम मात्र सम्पन्न गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको थियो ।

उनीपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले १०.७ प्रतिशत र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १५.३ प्रतिशत मात्रै अंक ल्याए ।

Share News