तोलामा १ हजारले घट्यो सुनको मूल्य

<p>काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन शुक्रबार एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन शुक्रबार एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा किनबेच हुनेछ ।

आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share News