चिम्टेश्वरमा ज्ञान यज्ञको शुभारम्भ, मन्दिर परिसरको पूर्वाधार विकासका लागि भेटी खर्च गरिने

<p>काठमाडौं । नुवाकोटको चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ– २०८१ बुधबारदेखि सुरु भएको छ । ऐतिहासिक एवं पुरातात्विकस्थल चिम्टेश्वरमा फागुन १४ गतेसम्म ज्ञान यज्ञ सञ्चालन हुने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिजो ज्ञान यज्ञको शुभारम्भ गरे । उनले चिम्टेश्वर क्षेत्रको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने बताए । पूर्वाङ्ग तथा शोभा यात्रा [&hellip;]</p>

काठमाडौं । नुवाकोटको चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ– २०८१ बुधबारदेखि सुरु भएको छ ।

ऐतिहासिक एवं पुरातात्विकस्थल चिम्टेश्वरमा फागुन १४ गतेसम्म ज्ञान यज्ञ सञ्चालन हुने जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिजो ज्ञान यज्ञको शुभारम्भ गरे । उनले चिम्टेश्वर क्षेत्रको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने बताए ।

पूर्वाङ्ग तथा शोभा यात्रा हिजो भएको थियो भने आजदेखि पाठपारायण तथा प्रवचन सुरु भएको छ । यो १४ गतेसम्म हुने जनाइएको छ । यसैगरी फागुन १५ गते साँझ दीप प्रज्वलन, रातभर जाग्राम तथा भजनकीर्तन हुने समितिले जनाएको छ ।

महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष तथा वडा- २ का अध्यक्ष रामचन्द्र तिमल्सिनाका अनुसार ज्ञान यज्ञ पण्डित नारायण न्यौपानेले कथावाचन गर्नेछन् ।

यसबाट उठेको भेटी मन्दिर परिसरको पूर्वाधार विकासका लागि खर्च गरिने समितिले जनाएको छ ।

Share News