सुनको मूल्य बढेर तोलाको एक लाख ७१ हजार पुग्यो

<p>काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुनमा ५०० रुपैयाँ र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ । बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुनमा ५०० रुपैयाँ र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, बुधबार एक हजार ९८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

Share News