आगलागीबाट वडा कार्यालय जोगाउन प्रहरीलाई युवा उद्यमी पाण्डेको साथ

<p>काठमाडौं । बालुवाटारमा भएको आगलागीबाट वडा कार्यालयको भवन जोगाउन युवा उद्यमी प्रणवजंग पाण्डेले सचेत नागरिकको भूमिका निर्वाह गरेका छन् । बुधबार मध्यान्ह विद्युतीय ट्रान्सफर्मरमा आगलागी भएपछि लोमस पेरेन्टल्स एन्ड फर्मुलेशन्सका कार्यकारी निर्देशक पाण्डेले सक्रियता देखाए । उनकै सहयोगमा प्रहरीले वडा कार्यालयको भवन जोगाउन सफल भयो । आगलागीपछि वरिपरि कोही नहुँदा युवा उद्यमी पाण्डेले सडकको सबै [&hellip;]</p>

काठमाडौं । बालुवाटारमा भएको आगलागीबाट वडा कार्यालयको भवन जोगाउन युवा उद्यमी प्रणवजंग पाण्डेले सचेत नागरिकको भूमिका निर्वाह गरेका छन् ।

बुधबार मध्यान्ह विद्युतीय ट्रान्सफर्मरमा आगलागी भएपछि लोमस पेरेन्टल्स एन्ड फर्मुलेशन्सका कार्यकारी निर्देशक पाण्डेले सक्रियता देखाए ।

उनकै सहयोगमा प्रहरीले वडा कार्यालयको भवन जोगाउन सफल भयो ।

आगलागीपछि वरिपरि कोही नहुँदा युवा उद्यमी पाण्डेले सडकको सबै ट्राफिक रोकी तत्काल नेपाल प्रहरी क्षेत्रीय डिएसपी सुनिलजंग शाहलाई फोनगरी घटनाबारे जानकारी दिएका थिए ।

आगलागी करिब २ घण्टापछि नियन्त्रणमा आएको थियो ।

उद्यमी पाण्डेले घटनाको नालीबेली फेसबुकका पोस्ट गरेका छन् ।

उनले लेखेका छन्,‘त्यतिबेला मैले सक्रियता नदेखाएको भए अझ ठुलो क्षति हुने थियो र वडा कार्यालयको भवनमा समेत ठुलो नोक्सान हुने अवस्था थियो । आज म बालुवाटार चोकमा एक्लै थिएँ । त्यहाँ कुनै प्रहरी वा सरकारी अधिकारी थिएनन् । त्यही बेला ट्रान्सफर्मरमा आगलागी भयो, जुन निकै ठूलो थियो र नियन्त्रण गर्न २ घण्टा लाग्यो । मैले नेपाल प्रहरी क्षेत्रीय डिएसपी सुनिलजंग शाहलाई फोन गरें । एपीएफ काठमाडौंका एसपी सैलेश सर र दमकल टोली पनि समन्वय गरेर छिट्टै आइपुगे । मैले एक्लै सडकको सबै ट्राफिक रोकें । डिएसपी सुनिलजंग शाह आफै फिल्डमा उपस्थित थिए ।’

Share News