काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार सुन एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४६ हजार १ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय २ रुपैयाँ कायम भएको छ ।