२६०० अर्ब नाघ्यो सार्वजनिक ऋण, कुल ग्राहस्थ्य उत्पादनको ४६ प्रतिशत ऋणमा सरकार

<p>काठमाडौं । मुलुकको सार्वजनिक ऋण २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार सार्वजनिक ऋण २६ अर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । बाह्य ऋण १३ खर्ब २८ अर्ब र आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब गरी २६ अर्ब ११ अर्ब ६ करोड रुपैयाँ ऋण पुगेको हाे [&hellip;]</p>

काठमाडौं । मुलुकको सार्वजनिक ऋण २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार सार्वजनिक ऋण २६ अर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

बाह्य ऋण १३ खर्ब २८ अर्ब र आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब गरी २६ अर्ब ११ अर्ब ६ करोड रुपैयाँ ऋण पुगेको हाे ।

यो ऋण कुल ग्राहस्थ्य उत्पादनको ४५.७७ प्रतिशत हाे ।

कार्यालयका अनुसार अघिल्लो असारको तुलनामा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँले ऋण बढेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्म सरकारले आन्तरिक ऋण २ खर्ब २९ अर्ब र बाह्य ऋण ६१ अर्ब गरी २ खर्ब ९० अर्ब रुपैयाँ ऋण प्राप्ति गरेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ६९.४४ र २८.३१ प्रतिशत रहेको छ।

सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकाे थियो ।

चालु आवका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल ४ खर्ब २ अर्ब २५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

माघ मसान्तसम्ममा एक खर्ब ८८ अर्ब ७५ करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ ।

Share News